5 months ago
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – क्यास्पियन भ्याली सेकेन्डरी स्कुल र कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
क्यास्पियनले आइतवार कार्यक्रमको आयोजना गर्दै आरिफलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।
विद्यालयले विद्यार्थीहरूलाई समग्र रुपमा विकास गराउनका लागि शैक्षिक तथा खेलकुद दुबै क्षेत्रमा सशक्त वातावरण निर्माण गर्न लागेको विद्यालयको जनाएको छ ।
‘शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन भन्ने हाम्रो विश्वास हो । आरिफ शेख जस्तो सफल खेलाडीलाई ब्रान्ड एम्बासडर बनाएर हामीले यो सन्देश दिन चाहेका छौँ कि क्यास्पियन भ्याली खेलकुदलाई उत्तिकै महत्त्व दिन्छ । नेपालका भविष्यका खेलाडीहरूलाई निखार्न कटिबद्ध छ, ‘ विद्यालयका प्रधानाध्यापक मनीष पण्डितले भने ।
कलेजले कक्षा ११ मा भर्ना लिने इच्छुक विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अवसर प्रदान गर्ने जनाएको छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]