5 months ago
July 14, 2025
एजेन्सी – पाहुना टोली बंगलादेशले श्रीलंकालाई दोस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ ।
डम्बुलामा आइतवार बंगलादेशले श्रीलंकालाई ८३ रनले हरायो । बंगलादेशको जितसँगै ३ टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ९४ रनमा अल आउट भयो । श्रीलंका ओपनर पथुम निशंकाले २९ बलमा २ चौका र १ छक्काको साथमा ३२ रन बनाए । दासुन शनका १६ बलमा २० रनमा आउट भए ।
श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका लागि रिसाद हुसैनले ३, मोहम्मद सरफुदीन र सरिफुल इस्लामले समान २ तथा मुस्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो ।
बंगलादेशका लिटन दासले ५० बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ७६ रनको अर्धशतकीय इनिङ खेले । समिम होसैन २७ बलमा ४८ रनमा आउट भए ।
श्रीलंकाका लागि विनुरा फर्नान्डोले ३ तथा नुवान तुषारा र महेश तिक्सेनाले समान १ विकेट लिए । तेस्रो तथा निर्णायक खेल बुधवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]