5 months ago
July 14, 2025
एजेन्सी – एमआई न्युयोर्क अमेरिकामा आयोजना हुने मेजर लिग क्रिकेटमा दोस्रो पटक च्याम्पियन भएको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा वासिङ्टगन फ्रिडमलाई ५ रनले पराजित गर्दै न्युयोर्क दोस्रो पटक च्याम्पियन बनेको हो । १ सय ८१ रनको लक्ष्य पछ्याएको वासिङ्टगनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।
वासिंटनका लागि ओपनर रचिन रविन्द्रले आफ्नो टि ट्वान्टी करियरकै उत्कृष्ट ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । रविन्द्रले ४१ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७० रनको इनिङ खेले ।
प्रतियोगिताको पहिलो संस्करणमा न्युयोर्क च्याम्पियन भएको थियो । दोस्रो संस्करणमा भने वासिङ्टगन च्याम्पियन भएको थियो । वासिङ्टगनले पहिलो ओभरमा नै २ विकेट गुमाएको थियो ।
दोस्रो विकेटका लागि रविन्द्र र ज्याक एडवार्डसले ८४ रनको साझेदारी गरेका थिए । एडवार्ड ३३ रन बनाउँदै आउट भएका थिए । ग्लेन फिलिप्स ३४ बलमा ५ छक्काको सहयोगमा ४८ रनमा अविजित रहे । कप्तान ग्लेन म्याक्सवेल १५ रनमा आउट भए ।
न्युयोर्कका लागि रुशिल उगारकर र ट्रेन्ट बोल्टले समान २ तथा नोस्तुश केन्जिकेले १ विकेट लिए ।
त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्युयोर्कले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो । न्युयोर्कका लागि ओपनर क्विटन डि ककले अर्धशतक बनाएका थिए ।
डि ककले ४६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ७७ रन जोडेका थिए । अर्का ओपनर मोनाक पटेल २२ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा आउट भए । कुनवार जित सिंह २२ रनमा अविजित रहे ।
कप्तान निकोलस पुरन २१ तथा तेजेन्द्र सिंह १४ रनमा आउट भए । वासिङ्टगनका लागि लकि फर्गुसनले ३ तथा इयान होल्यान्ड, ग्लेन म्याक्सवेल, ज्याक एडवार्ड्स र सौरभ नेत्राभाल्करले समान १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]