5 months ago
July 14, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले सोमवार भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ ।
लड्स क्रिकेट स्टेडियममा १ सय ९३ रनको लक्ष्य पछ्याएको भारत १ सय ७० रन अलआउट भयो। योसँगै इङ्ग्ल्याण्डले ५ टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ ।
जितका लागि पाँचौं दिन भारतलाई १ सय ३५ र इङ्ग्ल्याण्डलाई ६ विकेटको आवश्यकता थियो । इङ्ग्ल्याण्डले पाँचौ दिनको अन्तिम सेसनमा आवश्यक ६ विकेट पूरा गरेपछि खेल जितेको हो ।
दिनको पहिलो सेसनमा नै आवश्यक ६ मध्ये ४ विकेट लिइ सकेको इङ्ग्ल्याण्डलाई पछिल्लो दुई विकेट लिन अन्तिम सेसनसम्म कुर्नु परेको थियो ।
दोस्रो इनिङमा भारतका लागि रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । जडेजा ६१ रनमा अविजित रहे ।
केएल राहुल ३९, करुण नायर १४ तथा नितिशकुमार रेड्डी १३ रनमा आउट भए ।
इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान ३, बाइडेन कार्सले २ तथा क्रिस वोक्स र शोयब बसिरले समान १ विकेट लिए ।
पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो । दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए ।
इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।
तेस्रो टेस्टको पहिलो इनिङमा दुबै टोलीले समान ३ सय ८७ रनमा अल आउट भएको हो ।
चौथो टेस्ट खेल २३ जुलाई (साउन ७) मा सुरु हुनेछ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]