default_image

5 months ago

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

409 views

0 Bookmark

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ ।

तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो ।

जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै आउट भए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ७.३ ओभरमा ९ रन खर्चेर ६ विकेट लिए । स्कट वोल्याण्डले ह्याट्रिक पूरा गरे । उनले १४औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । जोस हेजलवुडले १ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो इनिङमा ८२ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा १ सय २१ रन थप्दै अस्ट्रेलियाले २ सय ३ रनको अग्रता बनाएको थियो ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा २ सय २५ रन बनाएको थियो। घरेलु टोलीले पहिलो इनिङमा १ सय ४३ रन मात्र जोडेको थियो ।

दुई टोलीबीच ५ टि ट्वान्टी आई सिरिज सोमवार सुरु हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.