default_image

5 months ago

July 15, 2025

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो

628 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ ।

जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ ।

१ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा रुबिन हरमनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन जोडे ।

डिवाल्ड ब्रेभिसले १७ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४१ रन जोडे । ब्रेभिस प्लेयर अफ द म्याच समेत भएका थिए । क्याब्रिन बोस १५ बलमा ५ चौकाका साथ २३ रनमा अविजित रहे ।

कप्तान राशी भान टर डुसेन १६ तथा रिजा हेन्डरिज ११ रनमा आउट भए । जिम्बाब्वेका रिचार्ड नगर्भाले ३ तथा ट्रिभर गुवान्डुले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।

जिम्बाब्वेका कप्तान सिकन्दर राजाले अर्धशतकीय इनिङ खेलेका थिए । राजाले ३८ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ५४ रन जोडे ।

ब्रायन बिनेट ३० तथा रायन बर्ल २९ रनमा आउट भए । दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डेले ३ तथा लुंगि एन्गेडी, नान्द्रे बर्गरले समान १ विकेट लिए ।

सिरिजको दोस्रो खेल बुधवार न्युजिल्याण्ड र दक्षिण अफ्रिका बीच हुनेछ। डबल राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले जुलाई २६ मा फाइनल खेल्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.