default_image

5 months ago

July 15, 2025

एसपिएलको सेमिफाइनल समीकरण पूरा

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल समीकरण पूरा भएको छ।

सप्तरीको राजविराजमा जारी एसपिएलको मंगलवारको नतिजापछि सेमिफाइनल समीकरण पूरा भएको छ। आजको खेल जित्दै कन्चनरुप राइनोज समूह ‘ए’ को तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेका हुन्।

पबी स्कुलमा भएको पहिलो खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै राइनोज सेमिफाइनल पुगेको हो। ३८ रनको सामान्य लक्ष्य राइनोजले ८.४ ओभरमा ६ विकेट गुमाएर भेटायो।

राइनोजका महानन्द यादवले २ चौका र १ छक्कामा सर्वाधिक १४ रन बनाए । राकेश कामतले ८, रौनक सिंहले ६ तथा रिराज साहले ५ रन जोडे।

हिरोजकोका सन्जन बैठाले सर्वाधिक ३, गोमानन्द अमात्यले २ र सन्जिब मण्डलले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हनुमाननगर हिरोजले १०.३ ओभरमा सबै विकेट गुमाएर ३७ रन बनायो।

राइनोजका बलर शम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शम्भुले ४ ओभरमा २२ रन खर्चिए । मुकेश सिंहले २ विकेट लिए।

दोस्रो खेलमा खडक वारियर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले हरायो। १ सय २२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा भेटायो।

वारियर्सका सन्तोष कार्कीले ४० बलमा ५ चौका र ४ छक्कासहित नटआउट ६३ रन बनाए। यस्तै ओपनर फिर्दोश अन्सारीले अविजित ४३ रन जोडे ।

सन्तोष र फिर्दोशले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म डोर्याए। वीरपुरका राहुल विकले १ मात्र विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनायो।

वीरपुरका भिम यादवले सर्वाधिक २५ रन बनाए। यस्तै तृत राज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन जोडे।

खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिए। पप्पु यादव (बी) र पप्पु यादव (ए) ले समान १ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका फिर्दोश अन्सारी प्लेयर अफ द म्याच भए। सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस अघि समूह ‘ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल र समुह ‘बी’ को विजेताको रुपमा तिरहुट टाइगर्स सेमिफाइनल पुगिसकेका छन्।
दुवै सेमिफाइनल बुधवार हुनेछ। फाइनल बिहीवार हुनेछ।खेल हुनेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.