default_image

5 months ago

July 15, 2025

एनपिएलको ट्रेडमार्क विवादको अन्त्य!

2941 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) नाम र लोगोको ट्रेडमार्क विवादलाई उद्योग विभागले अन्त्य गरिदिएको छ।

जोरा स्पोर्टस म्यानेजमेन्ट प्रा.लिले नेपाल‌ क्रिकेट संघ (क्यान) ले एनपिएलको नाम र लोगो नामक ट्रेडमार्कको नक्कल गरी अनाधिकृत प्रयोग गरेको भन्दै उद्योग विभागमा उजुरी गरेको थियो ।

विभागले असार २४ गते उजुरीकर्ताको उजुरी दाबी नपुग्ने ठहरी निर्णय गरेको भन्दै क्यानलाई मंगलवार पत्रचार गरेको छ ।

विभागले निर्णयको पूर्णपाठ केहि समय पछि उपलब्ध गराइने समेत पत्रमार्फत जानकारी दिएको छ। क्यान एनपिएलको दोस्रो संस्करण आयोजनाको तयारीमा जुटिसकेको छ ।

सहभागी ८ टोलीले खेलाडी रिटेन र रिलिज गरिसकेका छन् । क्यानले दोस्रो संस्करणको अक्सनको लागि खेलाडी दर्ता पनि खुला गरिसकेको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.