default_image

5 months ago

July 16, 2025

दीपेन्द्रको वरीयतामा सुधार

1932 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको टि ट्वान्टी आईको बलिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयतामा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । दीपेन्द्र ७८औं स्थानमा उक्लिएका छन् ।

टि ट्वान्टी आईको अलराउण्डर तर्फ भने दीपेन्द्र तेस्रो स्थानमा यथावत छन् । टि ट्वान्टी आईको बलिङ तर्फ सन्दीप लामिछाने तथा ललितनाराण राजवंशीको वरीयता भने खस्किएको छ ।

टि ट्वान्टी आईको ब्याटिङ वरियतामा कप्तान रोहित कुमार पौडेल १ स्थान सुधार गर्दै ६५औं स्थानमा छन् । ब्याटिङ तर्फ दीपेन्द्रको वरीयता खस्किदा कुशल भुर्तेल र आसिफ शेख भने यथावत रहेका छन् ।

ओडिआई ब्याटिङ वरियताको शीर्ष १ सय मा रहेका रोहित, कुशल र आसिफको वरीयता झरेको‌ छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.