default_image

5 months ago

July 16, 2025

घिमिरे लुम्बिनीको सिइओ नियुक्त

1051 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भावना घिमिरे नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकी छिन् ।

लुम्बिनीले बुधवार घिमिरेलाई टोलीको सिइओमा नियुक्त गरिएको बताएको छ । घिमिरे नेपाल क्रिकेट संघ (क्यान) को समेत सिइओ रहिसकेकी छिन् ।

घिमिरेको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको बताएको छ ।

‘हामी भावना घिमिरेलाई हाम्रो परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउने छ,’ लुम्बिनीका अध्यक्ष इश्वर जिसीले बताएका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको सात मध्ये एक खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो ।

दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक राज भण्डारी, अविसेस गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.