5 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सातौं सप्तरी प्राइड लिग (एसपिएल) को फाइनलमा प्रवेश गरेका छन्।
निरन्तर वर्षाका कारण बुधवारका दुवै सेमिफाइनल खेल रद्द हुँदा आआफ्नो समूहका दुई विजेता टोली फाइनल पुगेका हुन्। रोयल र साविक विजेता टाइगर्सबीच बिहिवार फाइनल हुनेछ।

रोयल र खडक वारियर्स बीचको आजको पहिलो सेमिफाइनल तथा टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमिफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन सकेन। दुवै खेलको टस समेत हुन सकेन।

सप्तरी क्रिकेट संघले सप्तरीको राजविराजमा आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]