5 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सातौं सप्तरी प्राइड लिग (एसपिएल) को फाइनलमा प्रवेश गरेका छन्।
निरन्तर वर्षाका कारण बुधवारका दुवै सेमिफाइनल खेल रद्द हुँदा आआफ्नो समूहका दुई विजेता टोली फाइनल पुगेका हुन्। रोयल र साविक विजेता टाइगर्सबीच बिहिवार फाइनल हुनेछ।

रोयल र खडक वारियर्स बीचको आजको पहिलो सेमिफाइनल तथा टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमिफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन सकेन। दुवै खेलको टस समेत हुन सकेन।

सप्तरी क्रिकेट संघले सप्तरीको राजविराजमा आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]