5 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ ।
एसपिएका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले बिहिवार सम्झौतामा हस्ताक्षर गरे ।
एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेको थियो ।
यसबाहेक एसपिए कपले पनि नेपालको घरेलु क्रिकेटमा योगदान दिएको छ । शाहीले साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको बताए ।
एसपीए कलेजले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपिए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहनेछ ।
‘हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षा कोठा बाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ,’ प्रबन्ध निर्देशक शाहीले बताए ।

एसपिए हालै मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप जित्दा टोलीमा रहेका सुदूरपश्चिमका दुई खेलाडीहरुलाई जनही २५ रुपैयाँ हजार सहित सम्मान गरेको थियो ।
‘सुदूरपश्चिम परिवार सुवाश शाहीप्रति अत्यन्त आभारी छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उहाँको दृष्टिकोणले हालसालै नयाँ गति पाएको छ । हामी एक फ्रेन्चाइजका रूपमा त्यसलाई समर्थन गर्न पाउँदा गर्व महसुस गर्छौं। विगत वर्षहरूमा क्रिकेटप्रति उहाँको उत्साह र हाम्रो टिमप्रतिको समर्थनले सुदूरपश्चिम क्रिकेटलाई एक ब्रान्डका रुपमा स्थापित गर्न मद्दत गरेको छ,’ सुदूरपश्चिम सिइओ प्रकाश खड्काले भने ।
खड्काले आगामी वर्षहरूमा पनि यस साझेदारीलाई निरन्तरता दिन उत्सुक रहेको बताए । एसपिएको नेतृत्वमा आयोजना हुने फ्रेन्चाइज लिगमा सुदूरपश्चिमको सहभागिता रहन सक्ने बताए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]