default_image

5 months ago

July 16, 2025

न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

493 views

0 Bookmark

एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ ।

हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रन बनाए । जर्ज लिन्डे २० बलमा १ चौका र २ छक्काको सहयोगमा ३० रनमा पेभिलियन फर्किए ।

लौहान डि प्रिटोरियस १७ बलमा ६ चौकाको सहयोगमा २७ र जेरार्ड कोट्जे १७ रनमा आउट भए । न्युजिल्याण्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको बनायो।

न्युजिल्याण्डका टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।

टिम साइफर्ट २२ रनमा आउट भए । छैटौं विकेटका लागि रोबिन्सनले बिभोन ज्याकोब्ससँग १ सय ३ रनको शतकीय साझेदारी गरे । ज्याकोब्सले ३० बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित ४४ रन बनाए ।

दक्षिण अफ्रिकाका क्वाना मफाकाले २ तथा जेरार्ड कोट्जे, सिनुरन मुथुस्वामी र लुंगि एन्गेडीले समान १ विकेट लिए ।

दक्षिण अफ्रिकासँग समान २ अंक बनाएको न्युजिल्याण्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । घरेलु टोली जिम्बाब्व अंकबिहिन छ ।

सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्याण्ड र जिम्बाब्वेको बीचमा हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.