default_image

5 months ago

July 18, 2025

नेपाली २० क्रिकेटरले भारतको एनसिएमा प्रशिक्षण गर्ने

2562 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ ।

प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । विश्वकप एसिया तथा पूर्वी एसिया छनोटका लागि घोषित ३२ सदस्यिय प्रारम्भिक टोलीका २० खेलाडी भारत जाने छन् । टोलीका अन्य १२ सदस्यको प्रशिक्षण भने नेपालमा नै हुनेछ ।

प्रशिक्षण जुलाइ २१ बाट अगस्ट ३ सम्म हुनेछ । त्यसपछि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा जानेछ ।

नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ । त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ ।

छनोटमा ९ राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन् ।

सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपाल छनोटको समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउँने लक्ष्यमा छ ।

भारत जाने २० क्रिकेटर

कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, रोहित पौडेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकर।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.