5 months ago
July 19, 2025
एजेन्सी – युगान्डाले टि ट्वान्टी आईमा युएईलाई हराएको छ ।
युगान्डामा जारी ६ टोली सम्मिलित टि ट्वान्टी आई सिरिजमा शनिबार भएको खेलमा घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो ।
१ सय २७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
युएईका कप्तान मोहम्मद वासिम २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । मोहम्मद जोहिब २८ बलमा २४ तथा आसिफ खान १५ रनमा आउट भए ।
युगान्डाका लागि कप्तान जुमा मियाङ्गीले ३, दिनेश नकर्नीले २ तथा अल्पेस रामजानीले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनायो ।
युगान्डाका राजिभ धवनले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे । ओपनर श्रीदिप मन्गेला ३८ बलमा ३९ रनमा आउट हुँदा अल्पेश रामजानी २१ रनमा अविजित रहे ।
युएईका मोहम्मद रोहिदले ३, सागिर खान र मोहम्मद जुहिबले समान २ तथा धुव्र परासर र हैदर अलिले समान १ विकेट लिए ।
आईसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]