5 months ago
July 19, 2025
एजेन्सी – युगान्डाले टि ट्वान्टी आईमा युएईलाई हराएको छ ।
युगान्डामा जारी ६ टोली सम्मिलित टि ट्वान्टी आई सिरिजमा शनिबार भएको खेलमा घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो ।
१ सय २७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
युएईका कप्तान मोहम्मद वासिम २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । मोहम्मद जोहिब २८ बलमा २४ तथा आसिफ खान १५ रनमा आउट भए ।
युगान्डाका लागि कप्तान जुमा मियाङ्गीले ३, दिनेश नकर्नीले २ तथा अल्पेस रामजानीले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनायो ।
युगान्डाका राजिभ धवनले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे । ओपनर श्रीदिप मन्गेला ३८ बलमा ३९ रनमा आउट हुँदा अल्पेश रामजानी २१ रनमा अविजित रहे ।
युएईका मोहम्मद रोहिदले ३, सागिर खान र मोहम्मद जुहिबले समान २ तथा धुव्र परासर र हैदर अलिले समान १ विकेट लिए ।
आईसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]