default_image

5 months ago

July 19, 2025

हिल्टन कर्णाली याक्सको हस्पिटालिटी पार्टनर

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले हिल्टन काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य गरेको छ।

कर्णाली याक्स स्पोटर्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच शनिवार सम्झौता भएको छ । एनपिएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं हुनेछ ।

योसँगै प्रतियोगिता दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमा बस्नेछन् । सम्झौता पत्रका कर्णाली याक्स स्पोर्ट्स प्रा.लिका प्रतिनिधि र हिल्टन होटलका प्रतिनिधिबीच हस्ताक्षर गरे ।

गत वर्ष पुस ६ गते सम्पन्न एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्म पुगेको थियो । दोस्रो संस्करणका लागि पनि टोलीले प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ।

यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

अघिल्लो सिजन भारतीय पूर्व ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्ने जनाएको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.