default_image

5 months ago

July 20, 2025

बंगलादेशले पाकिस्तानलाई हरायो

970 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि ट्वान्टी आईमा पाकिस्तानलाई हराएको छ ।

बंगलादेशको मिरपुरमा आइतवार घरेलु टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ३ टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।

१ सय ११ रनको सामान्य लक्ष्य बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा ओपनर प्रभिज हुसैनले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले ।

तौहीद हृदयो ३६ रनमा बनाउँदा जाकिर अलि १० बलमा १५ रनमा अविजित रहे । पाकिस्तानका लागि सलमान मिर्जाले २ र अब्बास अफ्रिदीले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.३ ओभरमा १ सय १० रनमा समेटिन पुग्यो ।

पाकिस्तानका ओपनर फखर जमानले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे ।

अब्बास अफ्रिदी २२ र खुसदिल शाह १७ रनमा आउट भए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका लागि तस्किन अहमदले ३, मुस्ताफिजुर रहमानले २ तथा महिदी हसन र तन्जिम हसन सकिबले समान १ विकेट लिए । दोस्रो टि ट्वान्टी आई मंगलवार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.