5 months ago
July 21, 2025
एजेन्सी – सुरुवातको तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको सफल आयोजना पछि इङ्ग्ल्याण्डलाई आगामी ३ संस्करणको फाइनल आयोजकको रुपमा चयन गरिएको छ।
यो निर्णयलाई यस हप्ता सिंगापुरमा भएको आइसिसीको वार्षिक सम्मेलनले अनुमोदन गरेको हो । गत महिना तेस्रो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि ५ विकेटको जित हासिल गरेको थियो ।
हामी पूर्ण रूपमा खुसी छौं कि इङ्ग्ल्याण्ड र वेल्सलाई अर्को ३ वटा आईसीसी डब्लुटिसीको फाइनल आयोजना गर्न छनोट गरिएको छ। यो यस देशका प्रशंसकहरुले खेलको यो बहुमूल्य ढाँचाप्रति राखेको जोश र यी खेलहरुको लागि यहाँ यात्रा गर्न विश्वभरका समर्थकहरुको तत्परताको प्रमाण हो। यस फाइनलहको आयोजना गर्नु एक विशेषाधिकार हो, र हामी अघिल्ला संस्करणहरुको सफलतालाई अगाडि बढाउन आईसिसीसँग काम गर्न तत्पर छौं, इसिबीका प्रमुख कार्यकारी रिचर्ड गोल्डले भने ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]