default_image

5 months ago

July 29, 2025

पाकिस्तान च्याम्पियन्सको अर्को जित

935 views

0 Bookmark

एजेन्सी – पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अर्को जित हासिल गरेको छ ।

लेस्टरमा मंगलवार पाकिस्तानले लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलिया च्याम्पियन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

७५ रनको सामान्य लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तान च्याम्पियन्सका ओपनरद्वय शर्जिल खान र सहिब मक्सुद अविजित रहे ।

खानले २३ बलमा ५ चौकाको सहयोगमा अविजित रुपमा सर्वाधिक रुपमा ३२ रन बनाए । सहिब मक्सुदले २६ बलमा ४ चौकाको सहयोगमा अविजित २८ रन जोडे ।

अस्ट्रेलिया च्याम्पियन्सले ५ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया च्याम्पियन्सले ११.५ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । अस्ट्रेलिया च्याम्पियन्सका लागि बेन डुकले १४ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए।

कलुम फर्गुसन १५ बलमा १० रनमा आउट भए । अस्ट्रेलियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान च्याम्पियन्सका सइद अजमलले ३.५ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । इमाद वासिमले २ तथा सोहेल तन्विर र सोहेल खानले समान १ विकेट लिए ।

पाकिस्तान च्याम्पियन्स ९ अंकका साथ शीर्ष स्थानमा छ । अस्ट्रेलिया ५ अंक साथ तेस्रो स्थानमा छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.