9 years ago
April 17, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ। ६ टोली सम्मिलित डीपीएलबाट तलका दुइ टोली, सिवाईसी अत्तरिया र कन्चनपुर आइकोनिक प्रतियोगिता बाटै बाहिरिएका छन्।

पाँच खेलमा समान २ जित र ३ हार व्येहोरेका ४ टोलीमध्ये अत्तरिया र कन्चनपुर रनरेटका आधारमा सबैभन्दा तल रहेकाले प्रतियोगिताबाट बाहिरिएका हुन्। चार टोलीमध्य काठमाडौँ गोल्डेन्सको +०.४४० रनरेट रहेको छ भने टिम चौराह धनगढीको -०.०३६ रहेको छ।
आइतबर भएको लिग चरणको खेलमा अत्तरियाले कन्चनपुर संग हात व्येहोरेपछि अत्तरिया अन्तिम स्थानमा रहन बाध्य भयो। उसको रनरेट -०.८३४ छ भने कन्चनपुर -०.३१३ रनरेट बोक्दै पाँचौ स्थानमा रह्यो।
शीर्षस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सको ८ अंक छ भने दोश्रो स्थानमा रहेको बिराटनगर किङ्को ६ अंक रहेको छ। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्स र टिम चौराह भिड्नेछन् भने पहिलो क्वालीफायरमा रुपन्देही च्यालेन्जर्स र बिराटनगर किङ्स आमने सामने हुँदैछन्।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]