9 years ago
April 24, 2017
मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको प्रतिस्पर्धात्मक खेलमा राइजिङ पुने सुपरजाएन्टसले मुम्बई इन्डीयन्सलाई ३ रनको झिनो अन्तरले पराजित गरेको छ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईको लागि जोस बटलर र पार्थिव पटेलले आक्रमक सुरुवात दिलाएका थिए। ३५ रनको स्थितिमा वासिंगटन सुन्दरको बलमा बोल्ड आउट हुनुअघि बटलरले १३ बलमा १७ रन बनाएका थिए। पार्थिव पटेलले २७ बलमा ३३ रन बनाऊँदै रनको गतिलाई कायम राखेका थिए। जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेका नितिश राना ९ बलमा ३ रन जोड्दै पेभेलियन फर्के भने कर्ण शर्माले १० बलमा ११ रन मात्र जोडे। काइरान पोलार्डले पनि ९ बलमा ९ रनमात्र जोड्न सके।
कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३९ बलमा ५८ रन बनाएपनि जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १७ रन चाहिएको स्थितिमा पहिलो बलमै हार्दिक पाण्ड्या आउट भएपछि रोहितले दोश्रो बलमा छक्का प्रहार गरेका थिए। तर तेश्रो बल डट खेलेका रोहितले चौथो बलमा विकेट गुमाएपछि मुम्बईको हातबाट खेल बाहिरिएको थियो। हार्दिकले १३ बलमा ११ रन जोड्दै रोहितलाई साथ दिएका थिए। पारीको अन्तिम बलमा छक्का प्रहार गरेका हरभजनले २ बल खेल्दै ७ रन जोडे।
२० ओभरको समाप्तिमा मुम्बईले ८ विकेट गुमाउँदै १ सय ५७ रन जोड्न सक्यो। पुनेका लागि अन्तिम ओभर बलिङ गरेका जयदेव उनदकट र बेन स्टोक्सले २/२ विकेट लिए भने इमरान ताहिर, सुन्दर र ड्यान क्रिस्टियनले १/१ विकेट हात पारे।
पहिलो ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रनको योगफल खडा गरेको थियो। ओपनरद्वय अजिंक्या रहाने र राहुल त्रिपाठीले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सुदृढ सुरुवात दिलाएका थिए। कर्ण शर्माको बलमा आउट हुनुअघि रहानेले ३२ बलमा ३८ रन जोडे भने राहुलले ३१ बलमा ४५ रन बनाए। मध्यक्रमका ब्याट्सम्यानले छोटो र छरितो पारी खेलेपछि पुनेले राम्रो अन्त्य गरेको थियो। कप्तान स्टिभ स्मिथ र बेन स्टोक्सले १२ बलमा १७ रन जोडे भने मनोज तिवारीले १३ बलमा ४ चौकाको मद्दतले २२ रन बनाए।
पछिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले ११ बलमा ७ रन मात्र जोड्न सके। मुम्बईका लागि कर्ण शर्मा र जस्प्रित बुमराहले २/२ विकेट लिएका थिए। मिचेल जोन्सन र हरभजन सिंहको नाममा पनि १/१ विकेट रहेको थियो।
खेलको म्यान अफ द म्याच विजयी टोलीका बेन स्टोक्स भए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]