default_image

8 years ago

November 2, 2017

अभ्यास खेलमा बंगलादेशसँग नेपालको हार

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोली बंगलादेशसँगको पहिलो अभ्यास खेलमा आज पराजित भएको छ । क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बिहिबार नेपाली यु–१९ टोलीले ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

घरेलु टोलीलाई जित दिलाउन ओपनर नइम सेखले अर्धशतक पुरा गरे । उनले सर्वाधिक ५३ रन जोडे । टाउहिड हिड्रलीले अविजित ४८ रन तथा काजी अनिकले १८ र पिनक घोसले १४ रन जोडे । नेपालका सन्दिप लामिछानेले ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । त्यस्तै नेपालका साहब आलम र पवन सरार्फले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । नेपालका आसिफ सेखले सर्वाधिक ३२ रन जोडे । त्यस्तै भिम सार्कीले २८, पवन सरार्फले १९, अनिलकुमार साहले १८, कमलसिंह ऐरीले १७ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

बंगलादेशका हसन मुहम्मद र काजी अनिक इस्लामले समान ३ तथा नयन हसनले २ विकेट लिए । नेपालले अझै दुईवटा अभ्यास खेल खेल्नेछ । मलेसियामा अभ्यास खेल खेल्न बाँकी छ । मलेसियामा कात्तिक २३ गते देखि सुरु हुने एसिया कपको अन्तिम तयारीका लागि नेपाली टोली बंगलादेश भ्रमणमा गएको हो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.