8 years ago
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ ।
नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एक दिवसीय मान्यता सुनिश्चित भएको हो । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगबाटै एक दिवसीय मान्यता सुनिश्चित गरेको थियो ।
विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने थिए । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका थिए । हङकङको पराजयसँगै नेपाल एक दिवसीय मान्यता पाउने तेस्रो राष्ट्र हुन सफल भएको हो ।
एक दिवसीय मान्यता नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हो । अबको ४ वर्षसम्म विश्व क्रिकेट लिग, एसियन कप र इन्टर कन्टिनेन्टल कप जस्ता ठूला प्रतियोगिताहरुमा सहभागी भई नेपालले अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छ । त्यस्तै नेपालले आइसीसी एक दिवसीय वरियतामा पनि स्थान पाउने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]