8 years ago
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो ।
समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा नेपाल र हङकङ बीचको खेलमा निर्भर रहेको थियो । नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तानको सुपर सिक्समा स्थान पक्का भएको थियो ।
१ सय ९८ रनको लक्ष्य पाएको अफगानिस्तानले १७ रनमा दुवै ओपनरहरु गुमाएपनि मिडल अडर ब्याट्सम्यानहरुले जितको आधार बनाए। रहमत शाहले सर्वाधिक ६८ रन बनाउँदा मोहम्मद नवीले ३१ तथा समीउल्लाह शेनवारीले २७ रनको योगदान दिए । वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । ओपनर क्रिस गेल १ रन मात्र बनाउँदै आउट भएपछि दबाद महसुस गरेको इन्डिजले ५३ रनमा तेस्रो विकेट गुमाएको थियो । कसिलो बलिङ गरेका मुजिब उर रहमानले १० ओभरमा ३ विकेट लिंदै ३३ रनमात्र खर्चिएका थिए । वेस्ट इन्डिजका शाइ होपले सर्वाधिक ४३ रन बनाएका थिए ।
सुपर सिक्सको अन्य खेलमा स्कटल्याण्डले युएईमाथि ७३ रनको प्रवाभशाली जित दर्ता गर्यो । ओपनर म्याथेउ क्रसको १ सय १४ रनको शतकीय पारीको मद्दतले ३ सय २३ रनको लक्ष्य दिएको स्कटल्याण्डले युएईलाई २ सय ४९ रनमा अलआउट गरेको हो । स्कटल्याण्डका क्रिस सोलले सर्वाधिक ४ विकेट लिए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]