8 years ago
March 17, 2018
कोलोम्बो (एजेन्सी)– श्रीलंकामाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेश टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशले आइतबार उपाधिका लागि भारतको सामना गर्नेछ । १ सय ६० रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम बल बाँकी रहँदा जित हासिल गरेको थियो ।
ओपनर तमिम इकवाल, मोहमदुल्ला र मुस्फिकर रहिमले ब्याटिङमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश घरेलु टोलीमाथि जित हासिल गर्न सफल भएको थियो । इकवालले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । मात्र १८ बल खेलेका मोहमदुल्लाले ३ चौका र २ छक्कासहित अविजित ४३ रन जोडे । रहिमले २५ बलमा २ चौकासहित २८ रन थपे । सब्बिर राहमले १३ र सौम्य सरकारले १० रन जोडे ।
त्यसअघि टस जितेर बंगलादेशले श्रीलंकालाई पहिले ब्याटिङको लागि निम्तो गरेको थियो । श्रीलंकाले ७ विकेटको नोक्सानीमा १ सय ५९ रन जोडेको थियो । घरेलु टोलीका लागि कुशल मेन्डिस र थिसारा परेराले अर्धशतक पुरा गरेका थिए । ४० बल खल्दै परेराले ७ चौका र १ छक्कासहित ६१ रन बनाए । त्यस्तै परेराले ३७ बलमा ३ छक्का र त्यत्तिनै चौकाका साथ ५८ रन जोडे । बंगलादेशका मुस्फिकरले २ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]