default_image

8 years ago

March 18, 2018

पाँचौं धौलागिरी कप क्रिकेटमा लेकसाइड पोखराको विजयी सुरुवात

106 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – बागलुङ बजारमा आजदेखि सुरु भएको पाँचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगितामा लेकसाइड क्रिकेट क्लब पोखराले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा आयोजक टिम बागलुङ क्रिकेट क्लब (रातो) लाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै लेकसाइडले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको लेकसाइड १९ ओभरमा १ सय ३९ रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको लेकसाइडका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका अर्जुन अधिकारीले ३९ बलमा ५ चौकाको मद्दतले ३८ रन, पाँचौं नम्बरमा आएका राजु तामाङले १४ बलमा २७ रन र पर्वत भुषालले १५ बलमा २८ रनको आक्रामक इनिङ खेलेका थिए ।

बागलुङ क्रिकेट क्लबका लागि शिव खड्काले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने सन्देश खड्का र रविन आचार्यले समान २–२ विकेट लिए । पोखराका दुई जना ब्याट्सम्यान रनआउट भएका थिए ।

१ सय ४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको बागलुङ क्रिकेट क्लब १६ ओभरमा १ सय २ रनमा अलआउट भएको थियो ।बागलुङका लागि ओपनर शिव खड्काले ३२ बलमा ५ चौकाको मद्दतले ३४ रन र सन्देश खड्काले १६ बलमा २ चौका र २ छक्काको मद्दतले २५ रन बनाए पनि अरु खेलाडीहरुले राम्रो ब्याटिङ गर्न नसक्दा बागलुङले हार बेहोर्न पुग्यो ।

लेकसाइडका लागि अवित ओस्टाले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने राजु तामाङ र विजयी कुवरले समान २–२ विकेट लिए । त्यस्तै प्रेम गुरुङ र अमृत थापाले पनि १–१ विकेट लिएका थिए । लेकसाइडका १ जना खेलाडी रनआउट भएका थिए ।

प्रतियोगिता अन्तर्गत भोली सोमबारको पहिलो खेल गल्कोट विरुद्ध बागलुङ नगरपालिका–५ मालिक बीच र दोस्रो खेल एनएसयु बागलुङ विरुद्ध कुश्मा क्रिकेट क्लब बीच हुने बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तले जानकारी दिए । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्टमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा चैत ११ गतेसम्म संचालित प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५–५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ लाख ९ हजार ६ सय ६८ रुपैयाँ खर्च लाग्ने आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.