default_image

8 years ago

March 19, 2018

विश्वकप छनोटमा नेपालको तथ्याङ्क, पारस र सन्दीपको प्रदर्शन उत्कृष्ट

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटमा आठौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदै क्रिकेट  इतिहासकै सबैभन्दा ठूलो सफलता हांसिल गर्‍यो ।

नेपालले उक्त सफलता पाउने क्रममा खेलेको ६ मध्ये २ खेलमा जित हात पार्‍यो । जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह ‘बी’मा परेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेपनि टेस्ट मान्यता पाएको राष्ट्रसँग नेपालको सन्तोषजनक प्रदर्शन देखियो । शरद भेषावकर र आरिफ शेखको अर्धशतकको मद्दतले नेपालले २ सय ६४ रन बनाएको थियो ।

प्रतियोगितामा ब्याटिङतर्फ कप्तान पारस खड्काले सर्वाधिक रन बनाए भने युवा स्टार सन्दीप लामिछानेले सर्वाधिक विकेट लिए ।

इएसपिएन क्रिकइन्फोको मद्दतमा हाम्रो खेलकुदले तयार पारेको नेपाली टोलीको तथ्याङ्क हेर्नुहोस् :  

सर्वाधिक रन : नेपालका लागि सर्वाधिक रन कप्तान पारस खड्काले जोडे, उनले ३८.५० को औसतमा २ सय ६३ बलको सामना गर्दै २ सय ३१ रन बनाउने क्रममा २ अर्धशतक प्रहार गरे ।

सर्वाधिक चौका : नेपालका लागि सर्वाधिक चौका पनि कप्तान पारसले प्रहार गरे । उनले ३४ चौका प्रहार गरेका थिए ।

सर्वाधिक छक्का : दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ छक्का प्रहार गरे । पिएनजी विरुद्ध एकै खेलमा उनले ३ छक्का प्रहार गरेका थिए ।

उच्च स्ट्राइक रेट : चोटका कारण पहिलो २ खेल मात्र खेलेका शरदको १ सय ६ दशमलव १२ को स्ट्राइक रेट नै नेपालका लागि उत्कृष्ट रह्यो ।

Highest Run

सर्वाधिक विकेट : बलिङ तर्फ भने सन्दीपले प्रतियोगितामा १३ विकेट लिंदै नेपालको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ६ खेलमा ५७.४ ओभर बलिङ गर्दै ९ मेडेन राख्दै १३ विकेट लिए ।

उत्कृष्ट इकोनमी : नेपालका लागि सबैभन्दा किफायती बलर पनि सन्दीप नै रहे । उनले ४.१० को इकोनामी कायम गरे ।

बेस्ट फिगर : बलिङतर्फ सन्दीप, दीपेन्द्र र सोमपालले एकै खेलमा ४ विकेट लिन सफल भए । दीपेन्द्रले पिएनजी विरुद्ध ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । त्यो नै प्रतियोगितामा नेपाली बलर तर्फबाट बेस्ट फिगर रह्यो ।

अन्य तथ्याङ्क

क्याच : प्रतियोगितामा दीपेन्द्र र ललित राजबंशीले सर्वाधिक ३ क्याच समाते ।

साझेदारी : अफगानिस्तान विरुद्ध कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द मल्लबीच दोस्रो विकेटका लागि बनेको ९२ रनको साझेदारी नेपालको तर्फबाट सर्वाधिक रह्यो । हङकङ विरुद्ध छैटौं विकेटका लागि सोमपाल र रोहितबीच बनेको ८९ रनको महत्पूर्ण साझेदारी नेपालका लागि दोस्रो ठूलो साझेदारी रह्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.