8 years ago
March 19, 2018
अर्जुन कार्की
बागलुङ– पाचौं धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार बागलुङ नगरपालिका–५, मालिका र नेपाल विद्यार्थी संघ बागलुङ विजयी भएका छन् । पहिलो खेलमा मालिकाले बलेवा क्रिकेट क्लबलाई ८ विकेटले हरायो । अर्को खेलमा नेवि संघले कुश्मा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो ।
८० रनको सामान्य लक्ष्य पछ्याएको मालिकाले सन्तोष घिमिरेको अर्धशतकको मद्धतमा ७.१ ओभरमा २ विकेट गुमाउँदै जित पक्का गरेको थियो । ओपनर अखिलेश खड्का १ रनमा रनआउट र सुनिल जिसीलाई खाता नखोली आउट भएपछि दबाबमा परेको मलेवालाई सन्तोषले सम्हालेका थिए ।
सन्तोषले प्रतियोगिताकै पहिलो अर्धशतक पुरा गर्दै टोलीलाई जित दिलाए । म्यान अफ दी म्याच बनेका सन्तोषले २८ बलमा ३ छक्का र ५ चौकासहित ५५ रन बनाए । अनुप बानियाँले १६ बलमा ३ छक्का र १ चौकाको मद्दतमा २४ रन बनाए । बलेवाका विनोद कुवँरले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बलेवाले १४.१ बलमा अलआउट हुँदै ७९ रन जोड्यो । दुवै ओपनर ब्याट्सम्यानले खाता खोल्न नसकेपछि बलेवाका लागि मनीष बोहोराले ३१ बलमा ३० रन बनाए । त्यस्तै सूर्य खड्काले २१ बलमा १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकसम्म छुन सकेनन् । मालिकाका अशोक कार्की र अखिलेश खड्काले समान ३ तथा अनिल आचार्य र दिल बहादुर केसीले समान २ विकेट लिए ।
दोस्रो खेलमा नेविसंघले १ सय १४ रनको लक्ष्य १२ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो । टोलीलाई जित दिलाउन सजय कुवँरले २३, रविन जोशीले २८, दीपेश खत्रीले १२, दीपक कुवँरले १२ रन तथा आरिब अहमदले १२ रन बनाए । कुश्माका विनोद नेपालीले २ , रविन्द्र विके, विनोद नेपाली र नविनले समान १ विकेट लिए ।
सअघि टस जितेर पहिले व्याटिङ गरेको कुश्माले १८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । टोलीका अमृत लामिछानेले ३६ बलमा ५३ रन बनाएका थिए । विशाल पुनले १४ रन बनाए । नेविसंघका गणेश केसी र संजय कुँवरले समान ३ तथा दिपेश खत्री र प्रविन बाबरले समान २ लिएका थिए ।
प्रतियोगितामा मंगलबार पहिलो खेल राईजिङ क्रिकेट क्लब पोखरा ‘ए’ र धौलागिरी क्रिकेट क्लब बागलुङ ‘बी’ तथा दोस्रो खेल पोखरा क्रिकेट क्लब र धौलागिरी बहिरा आवासिय विद्यालय बागलुङबीच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले बताए ।
बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजना जारी प्रतियोगितामा १८ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ दि सिरिजले १० हजार तथा उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]