default_image

8 years ago

March 21, 2018

एक दिवसिय मान्यता प्राप्त नेपालका महिला क्रिकेटर प्रतियोगिता खेल्न खर्च जुटाउँदै

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुरुष क्रिकेट टोलीले एक दिवसिय मान्यता पाएकोमा देशभर खुसियाली मनाइयो ।  विश्व कप छनोट खेलेर एक दिवसिय मान्यता प्राप्त गरेर सोमबार स्वदेश फर्कको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव, राखेप सदस्यसचिवलगायत उच्च अधिकारी र ठूलो संख्यामा समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए ।

फाइल तस्बिर

पुरुष टोलीले एकपछि अर्को सफलता प्राप्त गर्दै जाँदा स्वागत सम्मानका हकदार बन्नु स्वभाविक हो । तर, अन्तर्राष्ट्रिजगतमा समान हैसियतमा नेपालको प्रतिनिधत्वि गर्ने महिला क्रिकेट खेलाडी अवस्था भने फरक छ । बंगलादेशमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन महिला क्रिकेट खेलाडी अहिले आफै अग्रसर भएर अघि बढेका छन् ।

यसै महिना बंगलादेशमा हुने टि ट्वान्टी क्रिकेटमा भाग लिन नेपालका दुई क्लबले तयारी गरिरहेका छन् । राष्ट्रिय टोलीकी कप्तान रुविन क्षत्री बेलबासेको नेतृत्वमा मिलन क्रिकेट क्लब (एमसीसी) र आरती बिडारीको नेतृत्वमा राइजिङ क्रिकेट फर वमन (आरसिडब्लू) ले बंगलादेशमा हुने प्रतियोगितामा भाग लिदैछन् । दुवै टोली आफै श्रोत जुटाएर प्रतियोगितामा खेल्ने तयारीमा जुटेको छ ।

एमसीसीलाई प्रतियोगितामा भाग लिन लाग्ने दर्ता शुल्क २५ हजार रुपैयाँ सञ्जय स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । एमसीसीमा अधिकांश नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । ‘हामी व्यक्तिगत चिनजानको आधारमा सहयोग जुटाएर प्रतियोगितामा भाग लिन जाने तयारीमा छौं,’ रुविनाले भनिन्, ‘अहिले  देश भित्र कुनै प्रतियोगिता छैन । यसै पनि महिलाको क्रिकेट कम नै हुन्छ । खर्च जुटाएर भएपनि खेलको अनुभवका लागि हामी जाने तयारीमा छौं ।’

खेलाडीलाई केहि दिन काकरभिट्टामा अभ्यास गराएर बंगलादेश जाने योजनमा आफुहरु रहेको रुविनाले सुनाइन् । ‘हामी यहाँबाट गाडीमा भारत हुँदै बंगलादेश जाने योजनमा छौं,’ उनले भनिन्, ‘यसरी जाँदा तुलानात्मक रुपमा कम खर्चमा प्रतियोगिता खेलेर फर्कन सकिन्छ ।’ आरसिडब्लूकी आरतीले पनि व्यक्तिगत र संस्थागत सहयोग जुटाएर नै जाने तयारी भइरहेको बताइन् ।

बंगलादेश टि ट्वान्टी क्रिकेट फेडेरेसनको आयोजनामा चैत १८ गते देखि ५ दिन सम्म चल्ने रुपाली बैंक महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा एमसीसी र आरसिडब्लूले भाग लिनेछन् । छ टोलीको सहभागिता रहेको प्रतियोगिता नेपाली टोली अलग अलग समूहमा परेका छन् ।

समूह चरणमा दुई खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो टोलीले २५ हजार बंगलादेशी टाका पुरस्कार वापत प्राप्त गर्नेछन् ।

एमसीसी क्रिकेट टोली – रुविना क्षेत्री बेलबासे, सिता राना मगर, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, सरिता मगर, सन्तोषीकुमारी चौधरी, अलिषा श्रेष्ठ, सुमन विष्ट, रितुकुमारी कनौजिया, नेरी थापा, काजल श्रेष्ठ, रोमान थापा , जोन क्याप्स जोनर (प्रशिक्षक)

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.