default_image

8 years ago

March 22, 2018

‘एक दिवसिय मान्यता पनि विश्व कप खेल्ने सरह’ -सन्दीप

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले एक दिवसिय मान्यता पाउनु नै विश्व कप खेल्नु सरह भएको बताएका छन् । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले चार वर्षको लागि एक दिवसिय मान्यता पाएको थियो ।

‘उपयुक्त तयारी विना नेपालले यति राम्रो प्रदर्शन गरेको छ,’ सन्दीपले हाम्रो खेलकुदसँग भने,’ खेल मैत्री वातावरण हुने हो र मैदानमा राम्रो व्यवस्था हुने हो भने नेपालका लागि विश्व कप पनि टाढा छैन ।’ सन्दीप राष्ट्रिय क्रिकेट टोलीका एक भरपर्दा स्पिनर हुन् । उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेको दुई वर्ष पुग्न लागेको छ । छोटो समयमा उनी लिस्ट–ए क्रिकेटमा नेपालका लागि सर्वाधिक  विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा पुगिसकेका छन् ।

राष्ट्रिय टोलीबाट उनले लिस्ट ‘ए’मा २१ खेलमा ४२ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिनेमा उनी सोमपाल कामी र वसन्त रेग्मीभन्दा पछाडी छन् । सोमपालले ३७ खेलमा ५२ र वसन्तले ३५ खेलमा ४५ विकेट लिएका छन् । जिम्बावेमा जारी विश्व कप छनोटबाट अघि बढ्न नसकेपछि नेपाल एक दिवसिय मान्यता पाएर फर्केको छ । छनोटअघिको विश्व क्रिकट लिग डिभिजन २ होस् वा विश्व कप दुवैमा सन्दीपको भूमिका महत्वपूर्ण रह्यो ।

डिभिजन–२ को ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीपले विश्वकप छनोटका ६ खेलमा १३ विकेट हात पारे । छनोटमा हुने सबै खेलमा विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको महत्वपूर्ण खेलमा ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको थियो, जुन खेलको नतिजा नेपाललाई एक दिवसिय मान्यता पाउन निर्णायक बन्यो ।

सन्दीप सामूहिक प्रयासका कारण नेपालले सफलता प्राप्त गरेको बताउँछन् । नेपालले यसअघि सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेको थियो । एक दिवसिय विश्वकपमा छनोट हुन नसकेपनि सन्दीप आगामी ट्वान्टी–२० विश्वकपमा भने नेपालको बलियो सम्भावना रहेको बताउँछन् ।

अघिल्लो महिनामात्र इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनबाट दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीपले आईपीएलबाट आफू अझै निखारिने विश्वास लिएका छन् । आईपीएलसँगै सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दै छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.