8 years ago
March 31, 2018
धनगढी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल २ मा विजयी सुरुआत गरेको छ । ओपनर अमित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित काठमाडौंले उद्घाटन खेलमा शनिबार धनगढी टिम चौराहालाई ७ विकेटले हराउँदै जितबाट यात्राको सुरुआत गरेको हो ।

धनगढी टिम चौराहाविरुद्ध अर्धशतक पुरा गरेपछि काठमाडौं गोल्डेन्सका अमित श्रेष्ठ (दायाँ) । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद
१ सय ४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले अमितको अर्धशतकको मद्दतमा ८ बलअघि नै ३ विकेटको क्षेतिमा आवश्यक रन (१४६) जोडेको थियो । ओपनर समेत रहेका अमितले पहिलो विकेटका लागि जयकिशन कोल्सावालसँग ५९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । उनले चौथो विकेटका लागि नरेश बुढाएरसँग अविजित ५५ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन् ।
म्यान अफ दी म्याच समेत बनेका अमिले ६५ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ८१ रन बनाएका थिए । नरेशले १८ बलमा १ चौका र २ छक्काका साथ २४ रन जोडे । बाबुको निधनको खराब पाउनका वावजुद भारतीय जयकिशनले शनिबारको खेल खेलेका थिए । विकेटकिपर समेत रहेका उनले १३ बलमा १ चौका र १ छक्कामा १६ रन जोडे । कप्तान ज्ञानेन्द्रले १० र सन्नी पटेलले ७ रन जोडे । धनगढीका लागि समसुद शिखले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
त्यसअघि टस ब्याटिङको निम्तो पाएको धनगढीले ओपनर सुनिल धमलाको अर्धतशतक निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा शंकर रानासँग मिलेर सुनिलले टोलीलाई उकासेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । सुनिलले ६८ र शंकरले ३६ रन बनाए । ५७ बल खेलेका सुनिलले ८ चौका र २ छक्का प्रहार गरे । ३१ बल खलेका शंकले ५ चौका प्रहार गरे ।
१ विकेटको क्षेतिमा १ सय २६ रन बनाएपछि त्यसपछि लगातार विकेट गुमाएपछि धनगढीले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन । काठमाडौंका सहाब आलमले पहिलो खेलमै ह्याट्रिक पुरा गरेपछि धनगढी भने दबावमा परेको थियो । सहाबले सुनिलसहित सोनु तामाङ र कप्तान सोमपाल कामीको विकेट लिएका थिए । काठमाडौंका लागि किशोर महतो, रसिद खान र सन्नी पटेलले समान १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]