default_image

8 years ago

April 19, 2018

आइपिएलमा गेलको शतकबाट प्रेरित पञ्जाब विजयी

138 views

0 Bookmark

मोहाली (एजेन्सी)– क्रिस गेलको शतकबाट प्रेरिस किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार सनराइजर्स हैदराबादको विजय यात्रालाई पूर्ण विराम लगाइदिएको छ । सुरुवाती सबै तीन खेल जितेको हैदराबाद पञ्जाबसँग १५ रनले पराजित भएको छ । चौथो खेलमा पञ्जाबको तेस्रो जित हो भने हैदराबादको पहिलो हार ।

यी दुवै र कोलकाता नाइट राइडर्सको समान ६ अंक छ । १ सय ९४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाउन सक्यो । टोलीका लागि कप्तान काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त रहेन । विलियम्सले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाए ।

मनीष ५७ र सकिब अल हसन २४ रनमा अविजित रहे । ४२ बल खेलेका मनीषले ३ चौका र १ छक्का प्रहार गरे । सकिबले १२ बलमा २ छक्का र १ चौका प्रहार गरे । युसुफ पठानले १९ रन जाडे । शिखर धवनले खाता पनि खोल्न सकेनन् भने अर्का ओपनर ऋद्दिमन शाह ६ र दीपक हुड्डाले ५ रन बनाए । पञ्जाबका लागि मोहित शर्मा र एन्ड्रयू टेले समान २ विकेट लिए ।

त्यसअघि गेलले अविजित शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको पञ्जाबले ३ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । यो सिजनमा पहिलो शतक पुरा गर्ने क्रममा हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गरेका गेलले ६३ बलमा अविजित १ सय ४ रन बनाए । गेलले ५८ बलमा शतक पुरा गरेका हुन् । जसमा ११ छक्का र १ चौका सामेल थियो । १ रन लिदै शतक पुरा गरेका उनको आइपिएलमा यो छैटौं शतक हो ।

पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे ।

लोकेश र मयंकले समान १८ रन जोडे । करुनले २१ बलमा ३ चौका र १ छक्काका साथ ३१ रन जोडे । फिन्चले अविजित १४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ काउलले समान १ विकेट लिए । पञ्जाबका गेल खेलको म्यान अफ दी म्याच घोषित भए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.