8 years ago
April 20, 2018
पुने (एजेन्सी) – जारी आइपिएलमा चेन्नईका सुपर किङ्स अष्ट्रेलियन अल राउण्डर शेन वाट्सनले राजस्थान रोयल्सविरुद्ध शतक प्रहार गरेका छन्। राजस्थानले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि चेन्नईका लागि ओपनर वाट्सनले शतक पुरा गरे।
उनले ५१ बलको सामना गर्दै ८ चौका र ६ छक्काको मद्दतले १ सय रन पुरा गरे। चेन्नईले हाल १७.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ। आइपिएल २०१८ को यो दोस्रो शतक हो। यसअघि किङ्स इलेभेन पन्जाबका क्रिस गेलले प्रतियोगिताको पहिलो शतक प्रहार गरेका थिए।
अर्का ओपनर अम्बाती रायाडु १२ रनमा आउट भएपछि वाट्सनले सुरेश रैनासँग ८१ रनको साझेदारी बनाए। रैना ४६ रन बनाउँदै आउट भए।
वाट्सनले एकतर्फ राम्रो ब्याटिंग गर्दै गर्दा राजस्थानका लेग ब्रेक श्रीयास गोपालले कसिलो बलिङ गर्दै चेन्नईको रन बनाउने गतिमा अवरोध पुर्याउँदै छन्। गोपालले ४ ओभरमा मात्र २० रन खर्चिदै ३ विकेट लिए।
अपडेट : वाट्सन १ सय ६ रन बनाउँदै आउट। निर्धारित २० ओभरमा चेन्नई ५ विकेट गुमाउँदै २ सय ४ रन बनाउँन सफल।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]