default_image

8 years ago

April 21, 2018

अफ्रिदी विश्व ११ मा टि ट्वान्टी खेल्ने

113 views

0 Bookmark

कराची (एजेन्सी) – पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदी वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्।

shahid afridi

इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित अनुहारले भरिएको विश्व ११ ले वेस्ट इन्डिज टोलीको सामना गर्नेछ।

विश्व ११ मा पाकिस्तानका शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्। टोलीको कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले सम्हाले छन्। त्यस्तै वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन्। दुवै टोलीको अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.