default_image

6 years ago

April 24, 2018

पञ्जाब आइपिएलको शीर्षस्थानमा, सन्दीप दिल्लीको छैटौं खेलमा बाहिर

दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि […]

20 views

0 Bookmark

दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ ।

६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर पाएनन् । १ सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा रोकियो ।

अन्तिम बलमा जितका लागि दिल्लीलाई जितको लागि ६ रनको आवश्यकता थियो । तर, त्यहि बलमा विकेट गुमाउँदै दिल्ली दोस्रो जितबाट बञ्चित भएको थियो । श्रेयस एयरले अर्धशतक बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख प्रदर्शन गर्न सकेनन् ।

श्रेयसले ४५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जाबका अंकित राजपुत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २ र बरिन्द्र श्रनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । करुन नायरले ३४ टोलीका लागि सर्वाधिक ३४ रन बनाएको खेलमा डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडे ।

दिल्लीका लियम प्लङकेटलृ ३, ट्रेन्ट बोल्ट र अभेष खानले समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिएका थिए । आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । हैदराबादले ५ खेलमा ३ जित र २ खेलमा हार बेहोरेको छ भने ५ खेलमा ४ खेल गुमाएको मुम्बईले १ मात्र खेलमा जित हासिल गरेको छ ।

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

Success

Thank you for your time.