8 years ago
April 24, 2018
लण्डन (एजेन्सी) – अफगानिस्तानका लेग स्पिनर राशिद खान वेस्ट इण्डिजको सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्।
र्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित अनुहारले भरिएको विश्व ११ ले वेस्ट इन्डिज टोलीको सामना गर्नेछ।
राशिद सँगै बंगलादेशका स्टार अलराउनडर शकिब अल हसन पनि उक्त टोलीबाट खेल्ने भएका छन्। त्यस्तै पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदी, शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा यसअघि नै खेल्ने सार्वजनिक भएको थियो। विश्व ११ को कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले सम्हाले छन्। अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।
वेस्ट इन्डिज कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन्।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]