default_image

8 years ago

April 25, 2018

दिल्लीको कप्तानीमा परिवर्तन, गम्भीरले जिम्मेवारी त्यागे

124 views

0 Bookmark

दिल्ली (एजेन्सी) – दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी त्यागेका छन्।  दिल्लीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गर्दै ६ खेलमा ५ मा हार बेहोरेपछि गम्भीर आफैंले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्। 

Gautam gambhir

गम्भीरकै सिफारिसमा २३ वर्षे ब्याट्सम्यान श्रेयास ऐयारले कप्तानी सम्हाल्ने भएका छन्। नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीको टोलीले पहिलो ६ खेल खेल्दा सन्दीपले कुनै खेलमा मौका पाएका छैनन्।

अंक तालिकाको पुछारमा रहेको दिल्लीका गम्भीरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिएका छन्, “दिल्लीको खराब प्रदर्शनमा पूर्ण रुपमा जिम्मेवारी लिन्छु। मलाई लाग्छ मैले पर्याप्त दिन सकिन। हामीले अझै प्रतियोगितामा फर्कने समय भएकाले मलाई लाग्छ यो निर्णय लिने ठिक समय हो। यो मेरो नितान्त व्यक्तिगत निर्णय हो र मलाई कुनै दबाब दिईएको छैन। “

प्रतियोगितामा पहिलो पटक दिल्लीबाट खेल्न सुरु गरेका गम्भीर ७ वर्ष कोलकाता नाइटराइडर्ससँग आबद्ध थिए। उनी यसै सिजन दिल्लीमा फर्किएका हुन्।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.