default_image

7 years ago

August 18, 2018

राष्ट्रिय क्रिकेट टोलीमा सागर र विनोदको पुनरागमन

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउन्डर सागर पुनले नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् । एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा विनोद र सागरले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

hk binod and sagar

खेलाडी विनोद भण्डारी र सागर पुन (दायाँ) । फाइनल तस्बिर

विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लुसिएलअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । निरन्तर खराब प्रदर्शन गरेपछि नामिबियामा गत फेब्रुवरीमा भएको डिभिजन–२ देखि यी दुई खेलाडी टिम बाहिर रहेका थिए । जसमध्ये शक्ति गौचनले अन्तर्राष्टिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् । नेदरल्यान्ड्सविरुद्धको एक दिवसिय श्रृखंलाको पहिलो खेलमा चोट लागेपछि शरद भेषावकर पनि यो टोलीमा परेनन् ।

 नेपालले यही अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुने एसिया कपमा युएई, हङकङ, ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । राउण्ड रोविनपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । विजेताले एसिया कप खेल्न पाउनेछ । नेपाली टोली आगामी सोमवार ३ अभ्यास खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ । अभ्यास खेलपछि टोली त्यतैबाट अगष्ट २७ मा मलेसिया जानेछ ।

नेपाली टोलीः

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

बसन्त रेग्मी

सोमपाल कामी

सुबास खकुरेल

विनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

सन्दीप लामिछाने

करण केसी

ललित सिंह भण्डारी

अनिल कुमार शाह

ललित नारायण राजबंशी

सागर पुन

मोहम्मद आरिफ शेख

रोहित कुमार पौडेल

वैकल्पिक खेलाडी

किशोर महतो

प्रदिप ऐरी

सुनिल धमला

सुशन भारी

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.