7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै एसिया कप क्रिकेटको छनोट प्रतियोगिता खेल्न मलेसिया जाने भएको छ । नेपाल क्रिकेट टोली भने श्रीलंकामा अन्तिम तयारी गर्दै मलेसिया पुग्नेछ । पारस खड्कोको कप्तानीमा रहेको टोली सोमबार श्रीलंका प्रस्थान गर्दैछ ।
सन्दीप अहिले वेस्ट इन्डिजमा क्यारेविन प्रिमियर लिग (सीपिएल) मा व्यस्त रहेका छन् । नेदरल्यान्डविरुद्धको पहिलो साता ‘डेब्यू’ एक दिवसीय सिरिज पछि त्यहिबाट सन्दीप वेस्टइन्डिज गएका थिए । सन्दीपले सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेलिरहेका छन् । उनले दुई खेलबाट ५ विकेट लिइसकेका छन् । सन्दीप २८ अगस्टमा टोलीसँग समावेश हुने बताइएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]