7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोट अवसर र चुनौती दुवै रहेको बताएका छन् । मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको अभ्यासका लागि श्रीलंका प्रस्थान गर्नुअघि पारसले पत्रकारहरुसँगको कुराकानीका क्रममा एसिया कप छनोट अवसर र चुनौती दुवै रहेको बताएका हुन् ।
‘एसिया कप छनोट पक्कै पनि चुनौतीपूर्ण छ । यो एक सुन्दर मौका पनि हो । हामी त्यो सुन्दर मौकालाई गुमाउन चहादैनौ ’ पारस भने, ‘हामी निरन्तर क्रिकेटमै छौं । हामी हाम्रो प्रदर्शनलाई एसिया कप छनोटमा पुरा प्रयोग गर्नेछौं । यस्ता अवसरहरु बारम्वार आउँदैन । एक टिमको रुपमा हामी एसिया कप छनोटको लागि तयार छौं ।’
यस्तै पारसले एसिया कपमा छनोट हुदै भारत र पाकिस्तानजस्ता टोलीसँग खेल्ने अवसर खेर नफाल्ने बताए । ‘वर्षैभरि टिम भएर क्रिकेट खेल्दै जसोतसो नतिजा आफ्ना पक्षमा ल्याइरहेका छौं । हामी आफ्नो ‘वेस्ट इफोर्ट’ लगाउँनेछौं । यस्ता अवसरहरु बारम्बार आउँदैन् । त्यसैले हामी एसिया कपमा छनौट हुने लक्ष्यका साथ मलेसिया जादैछौं ’ कप्तान खड्काले भने, ‘एसियामै खेल्न गाह्रो छ । एसियन कन्डिसनमा खेल्न सबै टिमहरु बराबर नै छन् । डिभिजन–२ र ३ मा हुदा नै हामीले २०१४ मा विश्वकप खेलेका थियौं । विश्व क्रिकेट लिग डिभिजन र ¥याङकिङ आफ्नो ठाँउमा छ । ओडिआई पाएको हैसियतमा हामीमाथि दबाव र उत्तिकै जिम्मेवारी छ ।’
चार वर्षको लागि एक दिवसीय मान्यता पाएका कारण यसपटक हामीले आफूले आफूलाई प्रमाणित गर्ने मौका आएको पारसले बताए । उनले ओडिआइए मान्यता पाइसकेको अवस्थामा अब ब्याटिङ बलियो, ब्याटिङ कमजोर भन्ने शब्द बन्द गरी ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै डिपार्टमेन्टमा राम्रो गर्नुपर्ने बताए । सन्यास र चोटका कारण केही सिट खाली हुदा विनोद भण्डारी र सागर पुनले टिममा पूनरागमन गरेको बताउदै पारसले नेपाली टोलीमा पर्नको लागि कम्पिटिसन बढिरहेको बताए ।
‘चोटका कारण शरद भेषावकर टिममा छैनन् । उनी टिमको भरपर्दा र सिनियर खेलाडी हुन्,’ पारसले भने,‘ अभाव त निश्चय नै हुन्छ । तैपनि त्यो ठाउँ कभर गर्नका लागि हामीसँग खेलाडी छ । तर, कुनैपनि खेलाडीको अर्को खेलाडीसँग तुलना गर्न सकिदैन ।’
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]