default_image

7 years ago

August 22, 2018

टेस्ट क्रिकेटमा सफल भारतका ५ कप्तान

137 views

0 Bookmark

सन् १९३२ मा लर्ड्समा इंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट खेलेको भारतको कप्तानी त्यस समय सिके नायडूले गरेका थिए । भारतले सो खेल १५८ रनको पराजय भोगेको थियो । त्यसपश्चात भारतले टेस्ट क्रिकेटमा धेरै उतार चढाव बेहोरेको छ ।

टेस्ट क्रिकेट खेल्न थालेको ८६ बर्षमा ३३ फरक कप्तानले भारतको कप्तानी सम्हालेका छन् । त्यसमध्य नवाब पतौडी, सुनिल गावास्कर, मोहम्मद अजहरुद्दीन, सौरभ गांगुली, महेन्द्र सिंह धोनी र वीराट कोहलीले धेरै समय कप्तानीको जिम्मेवारी सम्हालेका छन्। यस लेखमा हामी टेस्ट क्रिकेटमा सर्वाधिक सफल भारतका ५ कप्तानको चर्चा गर्नेछौं :

५) राहुल द्रविड (२००४-०७) : २५ खेल , ८ जित, ६ हार, ११ बराबरी

प्रख्यात ” ग्रेग च्यापल युग” को समयमा भारतको कप्तानी गरेका राहुल द्रविडले २५ टेस्टमा भारतको नेतृत्व सम्हालेका थिए। ग्रेग च्यापलसँग विवादपछि तत्कालिन कप्तान सौरभ गांगुली, जाहिर खान, हरभजन सिंह, विरेन्द्र सहवागजस्ता सिनियर खेलाडीहरुलाई टोलीबाट निष्काशन गरेपछि द्रविडलाई कप्तानीको जिम्मा दिईएको थियो।

आफ्नो कप्तानीमा उनले भारतलाई २० वर्षपछि इंग्ल्याण्डमा टेस्ट जित दिलाएका थिए । यस्तै उनकै कप्तानीमा भारतले ३६ वर्षको अन्तरालमा वेस्ट इन्डिजमा समेत सिरिज जित हात पारेको थियो । उनको कप्तानीमा भारतले दक्षिण अफ्रिका र पाकिस्तानमा समेत राम्रो प्रदर्शन गरेको थियो ।

Dravid

४) मोहम्मद अजहरुद्दीन (१९८९-९८) : ४७ खेल, १४ जित, १४ हार, १९ बराबरी

सौरभ गांगुली र महेन्द्र सिंह धोनी आउनुअघि अजहरुद्दीनले भारतलाई सबैभन्दा धेरै टेस्टमा कप्तानी गरेका थिए । आफ्नो कप्तानीको समयमा उनले सायद अन्य कप्तानले भन्दा धेरै उतारचढाव बेहोरेका छन् । उनको कप्तानीमा भारतले घरेलु मैदानमा ८ मध्ये ६ सिरिज जित दर्ता गर्दा बाँकी २ सिरिजभने बराबरीमा सकिएको थियो । तर अजहरको कप्तानीमा भारतले एसिया बाहिरभने एक सिरिज समेत जित्न सकेन ।

३) विराट कोहली (२०१४- बर्तमान) : ३७ खेल, २१ जित, ७ हार, ९ बराबरी

सौरभ गांगुलीसंगको टेस्ट जितको संख्यालाई बराबरी गरिसकेका कोहलिको कप्तानीमा भारतले धेरै जित एसियामा प्राप्त गरेको छ । सन् २०१४ मा अष्ट्रेलिया विरुद्धको टेस्टका क्रममा महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेपछि उनले कप्तानीको जिम्मा सम्हालेका थिए । कोहलीकै कप्तानीमा भारत टेस्ट क्रिकेटमा विश्वको नम्बर १ टोली बन्न पुग्यो । एसियाबाहिर कप्तानीमा त्यति राम्रो रेकर्ड नरहेको कोहलीको परिक्षा भने अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजील्याण्ड विरुद्ध हुनेछ ।

२) महेन्द्र सिंह धोनी (२००८-१४) : ६० खेल, २७ जित, १८ हार, १५ बराबरी

महेन्द्र सिंह धोनीको नाममा भारतका लागि सबैभन्दा धेरै टेस्टमा कप्तानी गर्ने र धरै टेस्टमा जित दर्ता गर्ने कप्तानको रेकर्ड रहेको छ । भारतलाई धोनीले आफ्नो कप्तानीमा पहिलो पटक विश्वकै १ नम्बर टेस्ट टोली बनाएका थिए । घरेलु मैदानमा उत्कृष्ट रेकर्ड रहेपनि धोनीको रेकर्ड एसियाभन्दा बाहिरभने त्यति धेरै राम्रो रहेको छैन ।

न्युजील्याण्ड र वेस्ट इन्डिजमा जित दर्ता गर्न बाहेक एसियाबाहिर धोनीको प्रदर्शन राम्रो रहन सकेन । धोनीको कप्तानीमा सन् २००८-११ सम्म टोलीले घरमा उत्कृष्ट प्रदर्शन गर्दा एसिया बाहिर कमै प्रतिस्पर्धी थियो । त्यसपछिको समय एसिया बाहिरका खेलमा भारत धेरै कमजोर सावित भएको थियो।

१) सौरभ गांगुली (२०००-०४) : ४९ खेल, २१ जित, १३ हार, १५ बराबरी

सौरभ गांगुलीको नाममा न त धोनीको जस्तो धेरै जित छ न त कोहलीको जस्तो जित प्रतिशत नै छ तर उनी निसंकोच भारतका सबैभन्दा उत्कृष्ट टेस्ट कप्तान हुन् । उनको प्रशंसा यस कारणपनि धेरै हुने गर्दछ कि उनले घरभन्दा बाहिर हुने खेलमा भारतले कस्तो मनस्थितिले खेल्नुपर्छ भन्ने पाठ सिकाएका थिए । वर्तमानको उत्कृष्ट टेस्ट टिमको सुरवात गांगुलीकै समयबाट भएको धेरैको बुझाइ रहेको छ । उनको कप्तानीमा सचिन, द्रविड, लक्ष्मण, शेहवाग, कुम्बले, जाहिर र हरभजन जस्ता खेलाडीहरुले खेलेका छन् ।

उनको कप्तानीमा भारतले मुल्तान र कोलकातामा कम्ब्याक गर्दै प्रख्यात जित दर्ता गरेको थियो । यस्तै एडिलेड र लीड्समा प्राप्त गरेको जित समेत गांगुलीको कप्तानीको अर्को एउटा स्वर्ण समय थियो । उनी एक सफल कप्तान मात्र नभई एक सफल नेता समेत थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.