7 years ago
August 22, 2018
नथिङघम (एजेन्सी) – घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा भारत जित नजिक पुगेको छ । अघिल्ला दुई टेस्ट गुमाइसकेको भारतले तेस्रो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डलाई दवावमा राखेको छ ।
चौथो दिनको खेलको समाप्तिमा इङ्ल्याण्डले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । अब भारतले एक विकेट लिन सके श्रृंखलामा पहिलो जित निकाल्नेछ । भारतलाई जित नजिक पु¥याउन चोट मुक्त हुदै मैदान फर्किएका जसप्रित बुमराहले उत्कृष्ट प्रर्दशन गरे । बुमराहले ८५ रन दिएर ५ विकेट लिइसकेका छन् । आदिल राशिद ३० र जेम्स एन्डरसन ८ रन बनाएर क्रिजमा छन् । यसअघि जस बटलर १ सय ६ र बेन स्टोकले ६२ रन जोड्दै भारतलाई चुनौती दिने प्रयास गरेको थियो । उनीहरुले पाचौ विकेटका लागि १ सय ६९ रनको साझेदारी गरेका थिए । तर बुमराहले अन्तिम सेसनमा लगातार बटलर र बेयरस्टोलाई आउट गरेपछि खेल भारतको पक्षमा ढल्किएको हो । इंग्ल्यान्डका एलेस्टर कुकले १७, ओलिइ पोपीले १६ तथा जोए रुट र किटन जेनिङस्ले समान १३ रन बनाए । इशान्त शर्माले दुई तथा मोहम्मद सामी र हार्दिक पाण्डेयले समान १ विकेट लिए ।
पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ६१ रनमात्र बनाउन सकेको थियो । त्यसअघि दोस्रो इनिङ्समा भारतीय कप्तान विराट कोहलीको शतकीय योगदान मद्दतमा भारतले ३ सय ५२ रन बनाएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]