7 years ago
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको हो ।
पानागोडा क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको श्रीलंका आर्मी ३६ ओभर १ बलमा १ सय २७ रनमा समेटियो । आर्मी स्पोर्टस्का जगथ राजापाक्साले ४६ रन बनाए । लाहिरी चामाराले २६ तथा प्रदीप राथानायाकाले १८ रन जोड्बाहेक अन्य ब्याट्सम्यानले नेपालको कसिलो बलिङमा दोहोरो रन बटुल्न सकेनन् ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा ललित नारायण राजवंशी र ललित भण्डारीले समान एक विकेट लए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रन बनाए । यस अभ्यास खेलमा कप्तानको जिम्मेवारी पाएका राष्ट्रिय टिमको उपकप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए ।
बसन्त रेग्मी र विनोद भन्डारीले समान १६ रन जोडे । रोहितकुमार पौडेल १२, ललित भण्डारी ११ र सुवास खकुरेले १० रन जोडे । तीन ब्याट्सम्यान अनिल कुमार साह, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी शुन्य रनमा आउट भए ।
आर्मी स्पोर्टस्का मधुसान फर्नान्डोले तीन विकेट लिए । जगथ राजापाक्सा र सन्जीव कुमारा स्वामीले समान २ विकेट लिए । नेपालले अब शुक्रबार कल्टस् क्रिकेट क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]