7 years ago
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डसँग शुक्रबार दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको हो । ब्लुमफिल्ड क्लब श्रीलंकाको पुरानो क्रिकेट क्लब मध्येको एक क्लब हो । १८९२ मा स्थापित क्लबले फस्ट क्लास लिग प्रिमियर ट्रफी आठपटक र २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । क्लबको कप्तानमा निपुन करुणानायके रहेका छन् ।
ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग आइतबार खेल्नेछ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा मलेसिया प्रस्थान गर्नेछन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमान रहेका छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल २९ अगष्टमा बायुमास ओभलमा हुनेछ । नेपाल र युएईबीचको खेल ३० अगस्टमा किन्नरा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग १ सेप्टेम्बरमा खेल्नेछ । २ सेप्टेम्बरमा सिंगापुरसँग तथा ४ सेप्टेम्वरमा मा हङकङसँग खेल्ने तालिका छ ।
छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछ । बिजेताले युएईमा सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपमा स्थान बनाउनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]