7 years ago
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल सुचारु हुन नसकेपछि नेपालले डक वर्थ लुईस नियमको आधारमा जित निकालेको हो । ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । सचिनले ३० रन जोडे । कसुन र सेसन समान १६ रनमा आउट भए । निपुनले १२ रन बनाए । नेपालका सागर पुनले ३ विकेट लिए । ललित भन्डारीले दुई तथा पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ विकेट लिए ।
यसअघि ब्लुमफिल्ड क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको उच्च प्रदर्शनमा नेपाले ३ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्न सफल रहयो । नेपाली टोलीका लागि दीपेन्द्रले सर्वा्धिक १ सय २१ रन जोडे । उनले ९५ बल खेलेका थिए । सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४-४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । यी दुईले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।

ओपनर अनिल साह १७ रन जोड्दै आउट भए । कप्तान पारस २३ रनमा बोल्ड भए भने अर्का ओपनर सुवास खकुरेल ९ रन जोड्दै क्याचआउट हुन पुगे । ब्याटिङक्रममा बढुवा भएका रोहितले ११ रनमात्र जोड्न सके । करण केसीले १२ बलमा २६ रन जोडे । नेपालले पछिल्लो खेलमा विश्राममा रहेका कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई टोलीमा स्थान दिदै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामीलाई विश्राम दिएका थिए ।
नेपालले आइतबार कोल्र्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली एसिया कप छनोटको लागि २७ अगस्टमा मलेसिया प्रस्थान गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]