7 years ago
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको खेलमा पनि जित हात पार्दै नेपाली क्रिकेट टोली श्रीलंका भ्रमणलाई सफल बनाउन चहान्छ । कोल्टस् क्लबबाट कुशल परेरा, दिलरुवान परेरा जस्ता खेलाडीहरुले खेल्ने गर्दछन् ।
कोल्ट्ससँगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।
नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।
छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]