default_image

7 years ago

August 26, 2018

नेपाललाई २ सय १७ रनको विजयी लक्ष्य

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ ।

कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले ५९ रन बनाए । आयना श्रीवाडनेले ३६ रन बनाए । मदुरा लकमलले ३१ रन तथा विश्व चतुराङ्गाले २६ र क्रिसन नाथले २४ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । करण केसी र सागर पुनले समान २ विकेट तथा ललित भन्डरीले एक विकेट लिए ।

नेपालले केही बेरमा ब्याटिङ थाल्नेछ । यसखेलसँगै नेपाली क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.