7 years ago
August 27, 2018
लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र शारीरिक परिवर्तन छन् जसलाई कोहलीले अपनाएका छन् ।

यी हुन् ३ परिवर्तन जसलाई कोहलीले अपनाएका छन् :
३) अहंकारलाई बिर्सनु :
वर्तमान विश्व क्रिकेटमा ब्याटले बल माथि आफ्नो कब्जा जमाएको छ जसले गर्दा धेरै ब्याट्सम्यानमा अहंकार जागेको छ । सुरुवात देखि नै बलरमाथी आफ्नो वर्चस्व कायम राख्ने मनसाय अहिलेका ब्याट्सम्यानहरुको रहन्छ । तर जब इंग्ल्याण्डको स्थानमा बल स्विंग र सिम हुन्छ त्यहाँ राम्रो बलको सम्मान गर्नु उत्तिनै महत्त्वपूर्ण रहन्छ । कोहलीले यो सिरिजमा यस्तै धैर्यता देखाएका छन् जसले गर्दा उनलाई फाइदा पुगेको छ ।
२) पछाडी र क्रस सरेर खेल्नु :
विराट कोहलीले आफ्नो ब्याटिङ स्टान्समा थोरै परिवर्तन गर्दै लेग स्टम्पबाट मिडल स्टम्पतर्फ पछाडी सर्न थालेका छन् । यस कारणले गर्दा उनको दायाँ खुट्टा अफ स्टम्पभन्दा बाहिर जान्छ र लेग बिफोर विकेटको सम्भावना कम रहन्छ ।

३) शरीरको नजिक खेल्नु :
विराट कोहलीको सबैभन्दा ठुलो हतियार उनको कभर ड्राइभनै हो । तर धेरै पटक उनले यहि सट प्राहार गर्ने चक्करमा धेरै टाढाको बल खेल्दै आउट भएका छन् । सो गल्तिबाट पाठ सिकेर यस सिरिजमा भने उनी हरेक बललाई आफ्नो शरीरको नजिक खेल्ने प्रयास गरिरहेका छन् । सँगसँगै उनी बललाई ढिलो खेल्ने मनसायमा देखिन्छन् ।
यी सबै परिवर्तनपछि उनी फरक किसिमका ब्याट्सम्यान देखिन थालेका छन् । उनको हालको प्रदर्शनको आधारमा यस सिरिजमा उनीबाट अझ केहि शतकको अपेक्षा राख्न सकिन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]