default_image

7 years ago

August 30, 2018

नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो ।

सन्दीप लामिछाने । फाइल तस्बिर

युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

वेस्ट इन्डिजमा सिपिएल खेलेर सिधै मेलेसिया पुगेका सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए ।

ओमानसँगको पहिलो खेल ७ विकेटले पराजित नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना सुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।

 

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.