7 years ago
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ अल्टिमेट इन्डोर कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकले जितेको छ । सेन्चुरीले श्री एअरलायन्सलाई १ सय ९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
अल्टिमेट इन्डोर क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा श्री एअरलायन्सलाई १ सय ९ रनले पराजित गर्दै सेन्चुरीले लगातार दोश्रो पटक उपाधि हात पारेको हो ।
फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको श्रीले निर्धारित १२ ओभरमा ८० रन बनाएको थियो । श्रीको लागि सचिन श्रेष्ठले सर्वाधिक १९ रन बनाए भने बलिङतर्फ सेन्चुरीका सुरज तिमिल्सिना र रञ्जन खड्काले समान ३ विकेट लिए ।
८१ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले १ सय ८९ रन बनाउदै खेल सहजै जित्यो । सेन्चुरीको लागि राजन खड्गीले सर्वाधिक ४४ रन तथा सुरज तिमल्सिनाले ४० रन बनाए । राजन फाइनल खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी सेन्चुरी बैंकका सुरज तिमल्सिना घोषित भए । सिटिजन्स बैंकका अमित बस्नेत उत्कृस्ट बलर तथा सेन्चुरीका राजन खड्गी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । बिजेता खेलाडीहरुलाई राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले पुरस्कृत गरे । प्रतियोगितामा १५ टिमलु सहभागिता जनाएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]